Friday, 26 February 2016

काष्ठमण्डप एअरलाइन्सका चालकले आफू मरेर यात्रु सबैलाई बचाए

नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमाण्डप एअरलाइन्सको विमान दुर्घटना हुँदा विमानाका दुवै चालकको निधन भएको छ । विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए ।

कालीकोटको चिल्खाया २ दुर्घटनाग्रस्त भएको सो विमानका एक चालकको दुर्घटना भएलगत्तै र एकको उपचारका क्रममा निधन भएको स्थानीय कमल शाहीले जानकारी दिएका छन् ।

बाँकी नौ यात्रु सबै घाइते छन् तर उनीहरु बोल्न सक्ने होसमा छन् । विमानमा परिचारिका नभएको शाहीले जानकारीदिए । स्थानीय स्रोत साधनका आधारमा घाइते यात्रीहरुको उपचार भइरहेको छ ।

विमानमा खराबी भएपछि आकस्मिक अवतरण गरिएको जस्तो देखिएको स्थानीयले बताएका छन् ।

विमानमा मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु छन् । उनीहरुको टाउको, हात, खुट्टा, ढाडमा चोट लागेको छ ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमाण्डप एअरलाइन्सको विमान दुर्घटना हुँदा विमानाका दुवै चालकको निधन भएको छ । विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए ।
कालीकोटको चिल्खाया २ दुर्घटनाग्रस्त भएको सो विमानका एक चालकको दुर्घटना भएलगत्तै र एकको उपचारका क्रममा निधन भएको स्थानीय कमल शाहीले जानकारी दिएका छन् ।
बाँकी नौ यात्रु सबै घाइते छन् तर उनीहरु बोल्न सक्ने होसमा छन् । विमानमा परिचारिका नभएको शाहीले जानकारीदिए । स्थानीय स्रोत साधनका आधारमा घाइते यात्रीहरुको उपचार भइरहेको छ ।
विमानमा खराबी भएपछि आकस्मिक अवतरण गरिएको जस्तो देखिएको स्थानीयले बताएका छन् ।
विमानमा मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु छन् । उनीहरुको टाउको, हात, खुट्टा, ढाडमा चोट लागेको छ । - See more at: http://kathmandutoday.com/2016/02/173548.html#sthash.C4cNjeOl.s5yqVjiG.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us