
सिरहा जिल्लाको मझुल्लिया गाविसको अरङटोल आइपुगेपछि नेता शाह चढेको बोलेरो गाडीमा एक्कासी आक्रमण भएको शाहले एभरेष्टदैनिक डटकमलाई बताए । १५– २० वटा मोटरसाइकलमा आएका ४० जना भन्दा बढी अज्ञात समूहले घेरा हालेर आक्रमण गरेको बताए ।

शाह केहिदिनदेखि पार्टीको संगठन विस्तारका लागि सिरहा रहेका थिए । विहान खाना खाना खाएर अरङ टोल पुगेपछि आक्रमण भएको शाहले बताए ।
‘चार पाँच दिन अगााडि मझुल्लिया टोलमा बाटोकोे विषयलाई लिएर झगडा भएको विषयमा बुझ्नको लागि त्यता गएका थियौ तर त्यहाँ पुगेर फर्किने बेलामा मुखमा नकाव लगाएका बाटो ढुकेर बसेका व्यक्तिले गाडीमाथि आक्रमण सुरु गरे’शाहले भने घटनामा सभासद् गणेश मण्डलका लगाएका गुण्डाहरुले आक्रमण गरेको शाहले आरोप लगाए ।

प्रहरी प्रशासनकै मिलेमतोमा आफ्नो गाडीमाथि आक्रमण भएको उनले आरोप लगाए ।