Monday, 1 February 2016

खादाको उग्र विवादपछि यसरी फेरियो नायिका थापाको पहिरन

केही हप्ता अगाडि आफ्नो शरीरलाई खादाले छोपेर फोटोसुट गराएर आलोचित भएपछि नायिका शुभेच्छा थापाले पहिरन बदलेकी छन् ।

खादाको विवादमा पसेकी नायिका थापाले माफी मात्र मागेर पुगेन ६ महिनाको कारबाही नै  भोग्नु भोग्नु पर्यो ।

यद्यपी उनी  विभिन्न तरिकाले आलोचना भने भैरहेको छ  । यही परिस्थितीलाई विर्साउनलाई होला उनले  आफूलाई बदलेकी छिन् । उनी बौद्ध धर्मसंग नजिकीएकी छन् ।

शुभेच्छाले अहिले आलोचित भएपछि नयाँ शैलीको फोटोसेसन गरेकी छिन् । जसमा उनले आफ्नो शरीरलाई पूर्ण ढाँकेकी छिन् । शुभेच्छाले शेर्पा जातीले लगाउने पहिरन र तामाङ जातीले लगाउने पहिरन लगाएर फोटोसुट गरेकी हुन् ।

उनको चलचित्र विन्दास ३ यही माघ २२ गतेबाट रिलिज हुँदै छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us