Thursday, 4 February 2016

ईन्धनको मुल्य तथा सवारी साधनको भाडादर घटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर घट्दै गइरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेट्रोलियम पदार्थको मूल्य घटाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । साथै, सार्वजनिक सवारी साधनको भाडा घटाउन पनि कार्यालयले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज आपूर्ति मन्त्रालयमार्फत निगमलाई अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घट्दै गइरहेकाले स्वचालित मूल्य प्रणाली अनुसार मुल्य समायोजन गर्न निर्देशन दिएको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मुल्य ३२ डलरमा झरेको छ ।

कार्यालयले सार्वजनिक सवारी साधनको भाडा घटाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णय अनुसार आयल निगमलाई मूल्य घटाउन लिखित निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us