डिफेन्डि च्याम्पियन भारतलाई पराजित गर्दै वेस्टइन्डिजले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
बंगलादेशको ढाकामा आइतबार भएको उपाधि भिडन्तमा वेस्टइन्डिजले पहिलो पटक विश्वकपको उपाधि उचाल्ने क्रममा भारतलाई पाँच विकेटले पराजित गरेको हो ।
उपाधि भिडन्तमा पहिले ब्याटिङ गर्दै भारतले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै दिएको १४६ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले ५ विकेटको क्षतिमा ४ बल अगावै भेटाउँदै पहिलो पटक उपाधि चुम्न सफल भएको हो ।
उपाधि दिलाउने क्रममा वेस्टइन्डिजका नटआउट रहेका केसी कार्त्यले १२५ बलको सामना गर्दै ५२ रन बनाउन सफल भए । त्यसैगरी किमो पाउलले ६८ बलमा ४० रनको योगदान दिए ।
सिमरोन हेटमेयरको नाममा २३ र टेभिन इम्लाचको नाममा १५ रन रह्यो । भारतका लागि मयन्क डगरले तीन विकेट चट्काए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि ८९ बलमा ५१ रन बनाएका थिए । त्यसैगरी राउल बथमले २१ र महिपाल लोमोर्रोरले १९ रन जोड्न सफल भए ।
वेस्टइन्डिजका लागि अल्झारी जोसेफ र रायन जोहनले ३-३ विकेट लिए । २ विकेट किमो पाउलको नाममा रह्यो ।