Sunday, 14 February 2016

आकाशबाट खसेको ढुंगाले थिचेर बस ड्राइभरको मृत्यु !

केहिदिन पहिले भारतको तामिलनाडु प्रान्तमा पर्ने वेल्लोर शहरमा एक इन्जिनियरिङ कलेज परिसरमा एक बस ड्राइभरको मृत्यु भयो।
आकासबाट ठूलो आवाजसाथ खसेको कुनै वस्तुका कारण ती ड्राइभरको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। उक्त स्थानमा एउटा गहिरोखाडल समेत बनेको छ भने पार्किङमा राखिएका बसका शीसा समेत फुटेका छन्।
कलेजका प्रिन्सिपल जी बास्तरले त्यसबेला लामो समय भवनमा कम्पन भएको बताए। उनले भने, ' त्यसपछि सबै विद्यार्थी र शिक्षक बाहिर निस्कियौं। हामील त्यहाँ माटाको एउटा ढिस्को देख्यौं। यहाँ एउटा ठूलो विष्फोटजस्तै भएको थियो र पानी ट्यांकीसमेत फुट्यो। त्यसैले पानी पिउन गएको बस ड्राइभरको मृत्यु भयो।'

तामिलानाडुकी मुख्यमन्त्री जयललिताले पनि उल्कापिण्ड खसेका कारण ड्राइभरको मृत्यु भएको बताएकी छन्। तर वैज्ञानिकहरुले भने यो घटना उल्कापिण्डकै कारण हो भन्ने पुष्टी गरेका छैनन्। वैज्ञानिकहरुले अनुसन्धान अगाडि बढाएका छन्।

त्यहाँ १० किलोग्राम जति तौल भएको एउटा ढुङ्गा पनि भेटिएको छ।
दश दिन पहिला पनि स्थानीयले आकाशबाट बलिरहेको वस्तु खेतमा खसेको देखेका थिए। उक्त स्थानमा खाल्डो बनेको स्थानीय बताउँछन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us