काठमाडौं
। स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले नेपालका तीन राष्ट्रिय
फुटबल खेलाडी औपचारिक रुपमा अनुबन्धित गरेको आफ्नो फेसबुक पेज मार्फत
जनाएको छ ।
विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई औपचारिक
रुपमा अनुबन्धित गरेको भन्दै खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को
यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि
अनुबन्धित गरेको बताएको हो ।