Tuesday, 23 February 2016

प्रधानमन्त्री ओलीलाई गुजरातमा ५ किलोको माला

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यले नेपालको पुनःनिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताएका छन् ।
भूकम्पपछि पुनः निर्माण भएको भुज सहरको अवलोकनपछि उनले नेपालमा पनि भूकम्पपछिको पुनःनिर्माणका लागि थप आत्मबल बढेको बताए । सन् २००१ मा भूजमा गएको भूकम्पले सो सहरलाई पूर्ण रुपमा क्षति पुर्‍याएको थियो ।
भुजका स्थानीयवासिन्दा र सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दृढताका साथ मिलेर काम गरेमा पनि निर्माण सम्पन्न गर्न सकिदोरहेछ भन्ने उदाहरण यहाँ देखिएको वताए।
उनले नेपालको भूकम्पपछिको पुनःनिर्माणमा भारतको उलेख्य सहयोग रहेको र आगामी दिनमा पनि त्यस्तै सहयोग रहने विश्वाससमेत व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपाल आकारमा सानो भए पनि विविधतायुक्त देश भएकाले यसको समृद्धि र पुनःनिर्माणका लागि भारतजस्ता अन्य मुलुकबाट आगामी दिनमा निरन्तर सहयोग हुने आशा व्यक्त गरे ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us