Thursday, 11 February 2016

पाल सेमिफाइनलमा माल्दिभ्ससंग भिड्ने

काठमाडौं । भारतको गुहावाटीमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत फुटबलमा बंगलादेशले नेपाललाई २-१  ले पराजित गरेको छ ।
समूह चरणको दोस्रो खेलमा नेपालका लागि अनन्त तामाङले खेलको तेस्रो मिनेटमा दिलाएको अग्रता उल्ट्याउँदे बंगलादेशले जित निकालेको हो ।
समूह चरणको पहिलो खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेपछि भुटानलाई ५-० ले पाखा लगाएको नेपाल सेमिफाइलनमा पुगिसकेको छ ।
भुटान र बंगलादेशले गोलरहित बराबरी खेलेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइलनमा नेपालले अब माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us