अमेरिकाको एक संघीय अदालतले जेलमा आत्महत्या गरेका नेपाली डाक्टर शिवलाल
आचार्यको परिवारलाई दुई करोड रुपैयाँ (दुई लाख डलर) क्षतिपुर्ति दिने
फैसला सुनाएको छ। अदालतले ३३ वर्षिय आचार्यको आत्महत्यामा एल्घेनी काउन्टी
जेलका तत्कालीन स्वास्थ्य प्रमुख डाना फिलिपको लापरबाही रहेको भन्दै
आचार्यको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।
हिट एण्ड रन केसमा जेल परेका आचार्यले सन् २००८ डिसेम्बर १३ मा जेलभित्रै
आत्महत्या गरेका थिए। परिवारले आचार्यले आत्महत्या गर्न सक्नेबारे जेल
प्रशासनलाई जानकारी दिएपनि अधिकारीहरुले लापरबाही गरेको आरोप लगाएका थिए।
अदालतले जेल अधिकारीको गल्ती रहेको भन्दै गत विहीबार आचार्यको परिवारलाई
क्षतिपुर्ति दिन फैसला सुनाएको हो।