पीडित परिवारलाई ‘ब्लडमनि’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताव अस्वीकार गरेपछि साउदीको अदालतले एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलालाई साउदी प्रशासनले जुन सुकै बेला कार्यान्वयन गर्न सक्नेछ ।
लम्खीदेउराली– ५, पर्वतका किसन कुश्मेलीलाई हत्या गरेको भन्दै साउदी अदालतले यम्गा– ३, पाल्पा घर भई हाल चक्रपथ, खस्यौली बुटबलमा बस्ने दिलबहादुर कामीलाई फागुन ४ गते मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो ।
कुश्मेली र कामी साउदीको राजधानी रियादस्थित अलजजिरा सपिङ सेन्टरमा कार्यरत कामदार थिए । ‘घरमा कोसेली पुर्याउन गएको बिषयमा आपसी मन मुटाव भएको झोकमा आबेगमा आएर कामीले सेप्टेम्बर २६, २००८ मा कुश्मेलीको हत्या गर्न पुगेका थिए । कामी ७ बर्षदेखि रियादस्थित अल हायर जेलमा छन् ।
साउदीस्थित नेपाली दुतावासले घटनाको गम्भीरता हेरि पीडक र पीडित पक्षबीच विवाद मिलाएर माफी दिएको पत्र पठाइदिन पहल गर्दै आएको थियो । ‘हामीले दुई पक्षबीच मिलाउन सम्बन्धित निकाय मार्फत धेरै पटक प्रयास गरिरहेका थियौं । पीडित पक्ष पीडकलाई माफी दिने पक्षमा देखिएन,’ साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने, ‘फागुन ४ गते पीडकलाई मृत्युदण्ड दिने फैसला सुनाइसकेको छ ।’
दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ । ‘पीडित पक्षले माफी नदिए उनलाई दुवै देशको सरकारले चाहेर पनि बचाउन सकिंदैन’, उनले भने, ‘यसअघि एक नेपाली युवतीलाई पनि बचाउन दुबै देशका सरकारले प्रयास गरेको हो । पीडित पक्ष माफी दिने पक्षमा नभएपछि मृत्युदण्डको फैसलालाई कार्यन्वयन गरिएको थियो ।’
मृत्युदण्डको सजाय पाएका कामीले आफुलाई बचाइदिन अपिल गरेका छन् । ‘मबाट ठुलो गल्ती हुन गयो’, जेलमा भेट्न गएको दुतावासका प्रतिनिधि समक्ष भनेका छन्, ‘मैले पश्चाताप गरिरहेको छु । मलाई माफी दिन पीडित परिवारलाई अनुरोध गर्दछु ।’
एउटै कम्पनीमा कार्यरत भएको बेला कामीको कोसेली लिएर कुश्मेली पर्वत पुगेका थिए । बिदाबाट फर्के लगत्तै आबेगमा आएका कामीले कुश्मेलीको हत्या गर्न पुगेका थिए । ‘उसैको कोसेली पुर्याउन घर गइदिनुछ । फेरि उसैबाट मारिएको छ,’ पीडित परिवारको भनाइ उद्धत गर्दै दूतावासका एक अधिकारीले भने, ‘हामी कसरी माफी दिन सक्छौं ?’