Thursday, 25 February 2016

फेरि आज काष्टमण्डप एयरको जहाज दुर्घटना,थप विवरण आउन बाँकी

जुम्ला । नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ। कारिकोट गाविसको २ तिलखामा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेले जानकारी दिए।
नेपालगञ्जबाट ९ जना यात्रु लिएर जुम्लाकालागि उडेको काष्टमण्डप एयरको नाइन एन एड एबी जहाज दुर्घटना भएकोहो । जहाज १२:३० बजे नेपालगञ्जबाट उडेको थियो। थप विवरण आउन बाँकी छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us