Thursday, 25 February 2016

बेलायती राजकुमार प्रिन्स ह्यारी चैत ७ गने नेपाल आउने

काठमाडौं । बेलायती राजकुमार प्रिन्स ह्यारी ४ दिने भ्रमणका लागि आगामी चैत ७ गते नेपाल आउने भएका छन् ।  ह्यारी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन ।
नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गर्ने छन् ।
यस्तै, राजकुमार ह्यारीले गत बैशाखमा गएको भूकम्प प्रभावित जिल्लामा पुगेर पीडितहरुसंग भेट गर्ने बेलायती दुतावासले जनाएको छ ।
सो क्रममा उनले क्षतीग्रस्त भवन तथा ऐतिहासिक धरोहर लगायतको पुन निर्माणमा भईरहेको पहलबारे जानकारी पनि लिने दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बेलायती सैनिक समेत रहेर अफगानिस्तान लगायत मुलुकमा गोर्खाली सैनिकसंगै काम गरेका ह्यारीले पोखरास्थित ब्रिटिश गोरखा क्याम्पको पनि भ्रमण गर्ने छन् ।  त्यहाँ उनले  ब्रिटिश गोरखा भर्तीको प्रक्रिया तथा सैनिकले समाजमा पुर्‍याएको योगदान बारे जानकारी लिने विज्ञप्तीमा उल्लेख छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us