Tuesday, 23 February 2016

गुजरातामा ओलीलाई रातो कार्पेट, सास्कृतिक झाँकीसहित भव्य स्वागत


भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली मंगलबार बिहान गुजरात पुगेका छन् । एयर इन्डियाको विमानबाट उनी गुजरात पुग्दा विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।

गुजरात राज्य सरकारले उनको स्वागतमा पञ्चकन्यासहित सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो ।

सो राज्यको भुजमा भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिने उद्देश्यले ओली त्यहाँ पुगेका हुन् ।

ओलीलाई त्यहाँका गभर्नर ओपी खोलीले स्वागत गरेका थिए । भुज क्षेत्रको भ्रमणसँगै प्रधानमन्त्री ओलीले त्यहाँका मुख्यमन्त्री आनन्दी वेन पटेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनी आज बेलुका गुजरातबाट विशेष विमानमार्फत् भारतको आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम छ । त्यहाँबाट उनी भोलि नेपाल फर्कने कार्यक्रम छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us