Monday, 22 February 2016

राजेन्द्र महत्तोले मधेशी मोर्चा परित्याग गर्नेअहिले पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्दै

सद्भावना अध्यक्ष राजेन्द्र महत्तोले सँयुक्त लोृकतान्त्रिक मधेशी मोर्चा परित्याग गर्दैछन् । लामो समय देखि मधेश आन्दोलन चर्काएका महत्तो आजबाट मोर्चाबाट बाहिरिने सद्भावना नेता मनिष सुमनले जानकारी दिएका छन् ।

सुमनका अनुसार मोर्चाका गतिबिधीका सम्बन्धमा पार्टीको आधिकारिक धारणा सार्बजनिक गर्न लागिएको हो ।
‘मोर्चाका बारेमा हाम्रो धारणा, सल्लाह, सुझाब र बिचारहरु पस्किँदै छौं’ सुमनले भने ‘मोर्चा छोड्ने बिषयमा पनि निर्णय हुनसक्छ ।’
मधेशी मोर्चा आफैँले बनाएको दाबी गर्दै यसमा अपनत्व बढी रहेको समेत उनले बताएका छन् ।
मोर्चाबाट छुट्टिने बारे निर्णय सार्बजनिक गर्न महत्तोले अहिले ११ बजे पार्टी कार्यालय नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दैछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us