काठमाडौं । आइसीसी यु १९ विश्वकप क्रिकेटमा नामिवियाले नेपाललाई २२६ रनको टार्गेट दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले ४५ ओभरमा पुरै विकेट गुमाएर २२५ रन जोडेको हो ।
५० ओभरको खेललाई ५ ओभर घटाएर ४५ ओभरको बनाइएको छ । नेपाल अहिले जवाफि व्याटिङमा उत्रिएको छ । यो खेलको विजेताले अर्को विश्वकपमा सोझै स्थान बनाउनेछ । आईसीसीले टप एशोसिएट टीमले अर्को विश्वकपमा साझै स्थान बनाउने निर्णय गरेका कारण दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।
जवाफी व्याटिङमा उत्रिएको नेपाललाई सुरुवाती झड्का लागेको छ । नेपालको एक विकेट झरिसकेको छ । अहिले नेपालले आठ रन बनाएको छ ।