Monday, 8 February 2016

भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आउँदै, आजै दिल्ली फर्कने

 दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई भारत सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्न भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौं आउने भएकी छन् । मंगलबार बेलुका काठमाडौं आएर उनी आजै दिल्ली फर्कने कार्यक्रम छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आउने  जानकारी दिए ।

कोइरालाको राजकीय सम्मानबारे निर्णय गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री कमल थापाले स्वराज काठमाडौं आउने जानकारी गराएका थिए ।

स्वराज मंगलबार अपरान्ह ५ बजे काठमाडौं अाइपुग्ने र सुशील कोइरालार्इ श्रद्धाञ्जली दिने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरी मंगलबार राती ८ बजे दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले  जानकारी दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us