भारतमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालले उसुको थाउलोमा स्वर्ण पदक जितेको हो ।
नेपालका लागि उसुबाट १६ वर्षीया निमा घर्तिमगरले नान छावन अलराउन्डमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।
आइतबार सिलोङमा भएको प्रतिस्पर्धाको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोश्रो चरणमा ८.४६ अंकसहित जम्मा १६.९१ अंक पाउँदै देशका लागि स्वर्ण दिलाउन सफल भएकी हुन् ।
काठमाडौंको डन बोस्को बोर्डिङमा कक्षा १० मा अध्ययनरत उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै देशलाई स्वर्ण पददक दिलाउन सफल भएकी हुन्।
जारी प्रतियोगितामा नेपालले दुई रजत र अरु कास्य पदकमात्र जित्न सकेका बेला नेपालका लागि निमाले स्वर्णको खाता खोलेकी हुन् ।
स्वर्ण पदक जितेपछि उनले एसएलसी नजिक आउँदा पनि आफूलाई खेल्ने वातावरण बनाइदिएकोमा स्कुलका शिक्षक र अभिभावहरुलाई धन्यवाद दिएकी छन् ।
देशका लागि स्वर्ण जिताउन सफल भएकोमा आफुलाई गर्व लागेको बताउँदै उनले भविष्यमा उसुको विश्व च्याम्पियन्सिपमा खेलेर उपाधि जित्ने इच्छा रहेको बताइन् ।
उसुबाट युवराजले रजत जिते
यसैगरी उसुको नानकुनतर्फ पनि नेपालले आज एक रजत पदक जित्न सफल भएको छ । आज भएको प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् ।
उनले पहिलो चरणमा ८.८८ र आज भएको दोश्रो चरणमा ९.२१ सहित कुल १८.१३ अंक प्राप्त गर्दै रजत पदक दिलाएका हुन् ।
आजको प्रतिष्पर्धामा सबैभन्दा धेरै अंक प्राप्त गरेपनि हिजोको प्रतिष्पर्धामा केही अंक कम भएकाले आज रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०.७ अंकले अघि रहेको भारतले स्वर्ण पदक जित्यो ।
यस्तो छ नेपालको पदकको अवस्था
जारी प्रतियोगितामा नेपालले आइतबार पौडीमा एकलतर्फ पहिलोपटक पदक जितेको थियो । नेपालका लागि १३ वर्षीया गौरिका सिंहले पौडीबाट कास्य दिलाएकी हुन् ।
गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट २६.९३ सेकेन्डको राष्ट्रिय कीर्तिमान पनि बनाइन् ।
नेपालले सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं संस्करणको सागमा महिला रिलेमा स्वर्ण जितेयता पौडीमा पदक जित्न सकेको थिएन । आइतबारै नेपालले उसुको छानछुवाङबाट विजय सिञ्जाली र सुस्मिता तामाङले रजत दिलान सफल भए ।
त्यस्तै भारोत्तोलनकी जुनुमाया छन्त्यालले पनि कास्य जित्न सफल भइन् । कुस्तीको पुरुष ६१ किलोमा रामबहादुर यादवले कास्य दिलाएका छन् । नेपालका लागि टेबल टेनिसको पुरुष टिम स्पर्धामा कास्य पदक थपिएको छ ।
यसअघि प्रतियोगिताको दोस्रो दिनमा नेपालका लागि भारोत्तोलनबाट विकास थापाले रजत, भारोत्तोलनबाटै देवीकुमारी चौधरीले कास्य र कुस्तीमा सरोज यादवले कास्यपदक दिलाएका थिए ।
यो सँगै नेपालले पाँच दिनदेखि जारी खेलमा १ स्वर्ण, ४ रजत र ६ कास्यसहित ११ वटा पदक जित्न सफल भएको छ ।