Sunday, 7 February 2016

नायिका नेहा पुनलाई बलात्कारपछि हत्या गर्ने हत्यारा पक्राउ, पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिदै

नायिका नेहा पुनको हत्यामा संलग्नलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । प्रहरी स्रोतका अनुसार पोखरा न्युरोडका सतिश खड्की नेहा हत्याको अभियोगमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालले नेहा पुनको हत्यारालाई १ /२ दिनमैं सार्वजनिक गरिने जानकारी दिए । एसपी पालले भने–‘नेहाको हत्यारा नजिकै हामी पुगीसकेका छौं, अब १/२ दिनमा नै हामी घटनाको दोषीलाई सार्वजनिक गर्नेछौं ।’

१९ वर्षीया नेहाको हत्या लगत्तै कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्वी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाई प्रहरीले हत्याराको खोजी गरेको थियो ।

उक्त टोलीमा अञ्चल प्रहरी कार्यालय गण्डकीको गुल्ममा कार्यरत प्रहरी निरीक्षक देवी पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षक भद्रकृष्ण पौडेल रहेका थिए ।

गत सोमबार बिहान घरबाट काममा निस्केकी १९ बर्षिया नेहाको शव भोलिपल्ट बिहान मंगलवार घर नजिकै भेटिएको थियो । साँझ कामवाट जहिले पनि टुप्लुक्क घर आईपुग्ने नेहा सोमबार अबेरसम्म नआएपछि रातभर उनका परिवारले नेहाको खोजी गरेका थिए ।

विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थलमा पुग्दा छाँगोवाट खसेजस्तै भएका थिए । पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो ।

दिदी र आमासँगै बस्दै आएकी नेहाको मृत्युपछि आमा वेहोश भएकी थिईन् । अहिले पनि छोरीलाई सम्झेर आमा एकदमै शिथिल अवस्थामा रहेकी मामा यामप्रसाद पुनले बताए ।

उनले नेहाले प्लस टुसम्म अध्ययन गरेकी जानकारी दिए । नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन ।

यता, यो घटनाको बिषयमा पोखराबाट प्रकाशित हुने समाधान दैनिकमा सतिशले नेहाको हत्या गरेको प्रहरीसँग स्विकार गरेको समाचार प्रकाशित भएको छ । उनले १८ गते राती नेहाको हत्या गरेको स्विकारेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us