काठमाडौं
। काष्ठमण्डप एयरको जहाज कालिकोटमा आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा
ज्यान गुमाउने विमान चालक दिनेश न्यौपानेको आइतबार बाँकेको कम्दिस्थित
राप्ती नदीको सिधिनियाघाटमा अन्तिम संस्कार गरिएको छ ।
अन्तिम विदाईका क्रममा मलामीहरुले यात्रुलाई बचाउनका लागि आफ्नो ज्यान गुमाउने विमानचालक दिनेश अमर रहनु भन्दै नारा पनि लगाएका थिए ।
दिनेशको अन्तिम विदाईका लागि परिवारका सदस्य छिमेकीसहित सर्वसाधारणहरु सिधनियाघाटमा पुगेका थिए ।
अरुलाई
बचाएर आफ्नो ज्यान गुमाउने दिनेशको अन्तिम संस्कारमा सरकारी प्रतिनिधिको
उपस्थिती नभएको भन्दै मलामीहरुले सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् ।
दिनेशलाई
साहसको सम्मान गर्दै मरणोपरान्तम राज्यले सम्मान दिनुपर्ने माग मलामीको
थियो । पोष्टमार्टमका लागि शनिबार काठमाडौं लगिएको दिनेशको शव आइतबार
गृहनगर नेपालगञ्ज ल्याइएको हो ।
नेपालगञ्जबाट
जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा शुक्रबार चालक
न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको थियो ।