लामो समय देखि आन्दोलनरत मधेसी मोर्चाले आम अड्ताल, नाकामा अबरोध र सरकारी कार्यलय बन्दजस्ता कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ।
मोर्चाको आज बसेको बैठकले मुख्य नाकाको अबरोध आम हड्तालसहितका कार्यक्रम स्थगित गरेको हो । तर मोर्चाले अन्य आन्दोलनका कार्यक्रम भने यथावत राख्ने निर्णय गरेको छ।
जनताका आश्यवकता र प्राप्त सुझावलाई ध्यानमा राख्दै घोषित कार्यक्रममध्ये नाका अवरोध, आमहड्ताल र सरकारी कार्यलय बन्द गर्ने कार्यक्रम स्थगित गरिएको छ, मोर्चाका नेता उपेन्द्र यादवले भने आन्दोलनका क्रममा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी दिनमा आन्दोलनलाई अझ शसक्त र व्यापक बनाउने तयारीमा छौं।
मोर्चाले जारी गरेको विज्ञप्ती