Monday, 8 February 2016

यी हुन नेहा पुनका हत्यारा, यसरी गरे हत्या


प्रहरी अन्तत मगर चलचित्रको नायिका समेत रहेकी योरुना पुन ‘नेहा’ को हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले हत्याको अभियोगमा नाताले  धर्म दाई पर्ने २१ वर्षीय सतिश भनिने कृतन खड्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

१९ वर्षकी नेहाको जवानी लुट्न खोज्ने पोखरा ९ नयाबजारका गेम हाउस संचालक समेत रहेका कृतनको नेहाले प्रतिरोध गरेसँगै रुष्ट भएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

घटना घटेसँगै कास्कीका प्रहरी नावय उपरीक्षक गजु सिद्धि बज्राचार्यको नेतृत्वमा क्षेत्रीय प्रहरी कार्यलय पोखरा, अन्चल प्रहरी कार्यालय गण्डकी अ.स.प्र.गुल्म गण्डकी, बडा प्रहरी कार्यालय रामबजार समेतबाट प्रतिनिधित्व हुने गरि उक्त घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरी सुक्ष्म रुपमा गभ्भिरताका साथ अनुसन्धान गर्दा नेहालाई कर्तव्य गरी हत्या गर्ने अभियुक्त सतिश रहेको खुल्न आएको थियो ।

प्रहरीकाअनुसार अनुसन्धानबाट कृतन खड्गीले गत माघ १८ गते राती नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोड स्थित ओपन टेबुल रेष्टुरेन्टमा बसी मादक पदार्थ सेवन गरेको खुल्न आएको छ ।

त्यहाँबाट साती ९ बजेतिर कृतन खड्गीले योरुना पुनलाई घर पु-याउनको लागी आफ्नो मोटरसाइकलको पछाडी राखी नयाँगाउ तर्फ हिँडेका थिए । घटनास्थल नजिक पुगेपछी कृतन खड्गीले योरुना पुनलाई आज तिमि घर नजाउ लेकसाईड तिर घुमौ र त्यतै तिरको होटलमा संगै बसी रमाईलो गरौ भन्ने प्रस्ताव राखेका थिए ।

तर, योरुनाले त्यसलाई अस्वीकार गर्दै कृतनलाई अश्चिल शब्द प्रयोग गरी गाली गलौज गरेकोपछि रिसको झोँकमा हेलमेटले योरुनाको टाउकोमा प्रहार गरेका थिए । त्यसलगत्तै योरुना ढलेको र त्यसपछी शारिरिक सम्पर्क राख्न खोज्दा मृतकको नाक र कानबाट रगत बगेको देखेपछि आफू भागेको उनले प्रहरीलाई बयान दिएका छन् ।


मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले  पत्रकार सम्मेलन गरि हत्यामा संलग्न रहेको अभियोगमा मृतककै धर्म दाई सतिश भनिने कीर्तन खड्कीलाई सार्वजनिक गरेको हो ।

कास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने खड्कीले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताए । उनका अनुसार अभियुक्तले रिसको झोक्मा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् ।
‘खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ पालले भने ।


नेहाको हत्या रहस्यमय भएको र हत्यामा संलग्नलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कास्की प्रहरीमाथि कडा दवाव पर्दै आएइको थियो । प्रहरीले हत्याराको खोजी गर्ने क्रममा पोखरा नयाँ सडकमा उनलाई नियन्त्रणमा लिएको थियो । उनी दुई दिनअघि नै पक्राउ परेको र अनुसन्धानबाट उनले नै हत्या गरेको खुल्न आएपछि आज प्रहरीले पत्रकार सहम्मेलन गरेर सार्वजनिक गरेको हो ।

मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७–८ बजे फर्कने उनी माघ १८ गते साँझ नफिर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई घर नजिकै अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला पारिएको थियो ।

यसैबीच प्रहरीले हत्याराको सार्वजनिक गर्दै गर्दा पोखरामा मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीह्ररुले हत्यारालाई फाँसीको सजाय हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us