Friday, 26 February 2016

अमिताभ बच्चनको मृत्यु को खबर सामाजिक सञ्जालमा भाइरल

 बलिउडका मेगा स्टार अमिताभ बच्चन रहेनन् । उनको आत्माको शान्तिको लागि प्रार्थना गर्नुहोस् ।’ बिहीबार यही मेसेज सामाजिक सञ्जाल ह्वाट्सएप र ट्विटरमा भारतीय प्रयोगकर्ताबीच व्यापक आदानप्रदान भयो ।

यसको आसय थियो, बलिउड अभिनेता अमिताभ बच्चन अब रहेनन् । तर, यो हल्ला मात्र भएको पुष्टि हुन धेरै लामो समय लागेन । त्यसो त केही दिनअघि बिरामी भएपछि अमिताभ बच्चन अस्पताल भर्ना भएका थिए । यसले पनि यो सन्देशलाई विश्वास गर्ने आधार मिल्यो ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाको वेबसाइटमा आएको समाचारअनुसार यो अफवाहले अमिताभका प्रशंसकलाई हैरान बनायो । र, अन्ततः अमिताभका प्रवक्ताले एउटा विज्ञप्ति निकालेरै यो झूटो भएको प्रस्टीकरण दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us