नामिबियासँग भएको प्लेअफ म्याचमा नेपाल १५ रनले पराजित भएको छ । टस
जितेर पहिले व्याटिङ रोजेको नामिबियाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै २
सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
२ सय २६ रनको विजय लक्ष्य पछ्याउँदै व्याटिङमा आएको नेपालले सुरुवाती पार्टनरसीप राम्रो रहेपनि मध्यक्रममा व्याट्सम्यानले चल्न सकेनन् ।
नामिबियाका लोहन लौरेन्सले सर्वाधिक ५९ रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिन सफल भए भने सुशील कँडेलले २ विकेटे लिए ।
नेपालको तर्फबाट सुनील धमलाले ८४ बलमा ५९ रन बनाए । नेपाल पराजित भएसँगै आईसीसी यू–१९ विश्वकपमा सिधै प्रवेश अथवा छनोटको लामो र अनिश्चित प्रक्रियाबाट गुज्रिएको छ । नेपालले फेरि छनोटको नयाँ चरणबाट सुरु गर्नेछ ।