१२ औं साग फुटबलमा भारतलाई उसैकै मैदानमा
लज्जास्पद रुपमा हराएर स्वर्ण जिताउने नेपाली फुटबल टोलीको आज भव्य स्वागत
हुँदै छ । एन्फाले ३ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली
टोली उत्रिएपछि विजय जुलुससहित स्वागत गर्ने तयारी गरेको छ ।
विमानस्थलको गेटबाटै सुरु हुने विजय जुलुस तिलगंगाचोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक पुग्ने छ। पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमल हुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गिने एन्फाले जनाएको छ।
विगतमा पनि खेलाडीहरुलाई नगर परिक्रमा गराउँदा प्रयोग गरिएको रड,इँटा र बालुवा बोक्ने थोत्रो ट्रिपरमा हालेर शोभायात्रा गरेर खेलाडीको अपमान नगर्न आवाज उथेको छ ।
सामाजिक सञ्जालमा मानिसहरु लेखिरहेका छन् की बरु हिंड्छन् खेलाडी नत्र नेपाली जनताले नै काँधमा बोकेर स्वागत गर्नेछन् तर प्लिज थोत्रो ट्रिपर ल्याउने सोच बदल भन्ने खुला आग्रह गर्दछौं ।
देशको शिर उच्च बनाउने खेलाडीहरुको लागि विशेष गाडीको ब्यवस्था हुनुपर्छ ।