Monday, 4 January 2016

भारतले रोक्यो चिनियाँ कन्टेनर

काठमाडौं , २१ पुस । रक्सौलबाहेकका नाकाबाट पेट्रोलियमलगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने भारतले विभिन्न बाहनामा सीमा क्षेत्रमै रोकेको छ । सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन् ।
व्यापारीहरूका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको हो ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमा केही भएको बताए । ‘तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि अहिले चीनबाट आउने सामान पनि कलकत्ता बन्दरगाहबाट आउँछ,’ उनले भने ।
उनका अनुसार पछिल्लो सातादेखि भारतीय पक्षले पेट्रोलियम पदार्थ पठाउन प्राथमिकता दिएका कारण पनि अन्य मुुलुकबाट आउने कन्टेनर भित्रिन कमी आएको हुनसक्छ । अन्नपूर्ण पोस्ट्बाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us