
बिहीबार राति १ बजेर ७ मिनेट जाँदा गोरखा केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म पनि महसुस गरिएको छ । भूकम्पपछि काठमाडौँका केही स्थानका बासिन्दा घर बाहिर निस्केका छन् । नेपालमा एक हप्तापछि भूकम्पको धक्का महसुस गरिएको हो । यसअघि एक साताअघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।