
विभिन्न उपद्रो मच्चाएर सधै चर्चामा आउने पूर्व युवराज पारस शाहले आफू पनि देशप्रति चिन्तित भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् |
उनले आफूमा नेपालको राजा बन्ने योजना नरहेको भन्दै फेसबुकमा स्टाटस लेखेका छन् | सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार बिहान स्टाटस लेख्दै शाहले भनेका छन् –म राजा बनेर कसैलाई शासन गर्न चाहन्नँ। मैले यो पहिले पनि भनेको थिएँ र अहिले पनि भन्छु।
‘म देशलाई ट्रयाकमा फर्काउन चाहन्छु' शाहले लेखेको छन् ‘त्यसका लागि मलाई युवा पुस्ता चाहिन्छ।
‘ उनले देशमा अहिलेको अवस्था आउनुमा बुढो पुस्ता जिम्मेवार भएको उल्लेख गर्दै आफ्नो काम नयाँ पुस्तामा देश हस्तान्तरण गर्नु भएको बताएका छन्।
