Thursday, 28 January 2016

कार्यकर्ताले कलिली छोरी भगाएपछि विप्लवलाई तनाव

विप्लव माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दकी एक्ली छोरी सञ्जु चन्दले कलिलै उमेरमा बिहे गरेकी छिन् । छोरीले कलिलै उमेरमा ‘भागी विवाह’ गरेपछि नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तनावमा परेका छन् ।

विप्लव पुत्री सञ्जुले पार्टी निकट अखिल क्रान्तिकारीका कार्यकर्तासँग केही समयअघि भागेर विवाह गरेकी हुन् । आफ्नो सहमतिबिना छोरी कार्यकर्तासँग भागेपछि विप्लवको परिवार तनावमा छ ।
 विप्लवकी छोरी भगाउने क्रान्तिकारी हुन्, सुनसरी घर भई अृमत साइन्स क्याम्पसमा बिएस्सी अध्ययनरत विनोद लुइँटेल । विनोद लुइँटेलले आफूहरु लामो समयदेखि प्रेममा रहेको र चन्द परिवारले स्वीकृति नदिएपछि भागेर विवाह गरेको बताए । विवाहपछि भने विनोदले ससुरासँग टेलिफोनमा कुराकानी भएको उल्लेख गरे ।

विनोदले सञ्जुलाई राजधानीबाट सुनसरी लगेर उतै परम्परागत विवाह गरेका थिए । काठमाण्डु टुडेलाई प्राप्त तस्वीरमा विप्लव पुत्रीले दुलही हुँदा प्रसस्तै गरगहना लगाएको देखिन्छ ।

विनोदले परम्परागत प्रक्रिया पूरा गरी विवाह गरेको जानकारी दिए । यद्यपि विवाहमा केटा र केटी दुवैतर्फका अभिभावक थिएनन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us