Sunday, 3 January 2016

भारतमा शक्तिशाली भूकम्प, भूकम्पको धक्का नेपाल पनि महसुस

सोमबार बिहानै नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का  महसुस भएको  छ ।

भारतको  पश्चिमबंगालस्थित मनिपुरलाई केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर ५३ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको  छ ।

पृथ्वीको सतहबाट ३३ किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश  भाग  तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं  उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ ।

समाचार अनुसार यो भूकम्पले पश्चिम बंगालका केही  भूभागमा भौतिक क्षति पुर्यारएको छ । क्षतिको विवरण भने आइसकेको  छैन।

पूर्वोत्तर भारतमा समेत भूकम्पको झट्का महसुस गरिएको छ । म्यान्मारमा   ६.७ मापन गरिएको छ । असम, बंगाल, अरुणाञ्चल, बिहार, झारखन्डसहितका इलाका झट्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us