Thursday, 7 January 2016

हाइड्रोजन बम परीक्षणप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

http://www.onlinecanadanepal.com/2016/01/did-north-korea-really-detonate.html
नेपालले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले बुधबार हाइड्रोजन बम परीक्षण भएको भनी गरेको घोषणाप्रति दुःख व्यक्त गरेको छ।
यस्ता कार्य अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रयत्न र कोरिया प्रायःद्वीपको शान्ति, स्थायित्व एवम् एकताका लागि हानिकारक हुने नेपालको दृष्टिकोण रहेको परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
              भिडियो हेर्नुहोस...VIDEO
नेपाल सबै आमविनाशकारी हतियार र पूर्ण निःशस्त्रीकरणको पक्षमा रहनाका साथै आणविक परीक्षणको विरुद्धमा समर्थन गर्ने दृढ नीतिमा रहेको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा नेपाल संयुक्त राष्ट्र सङ्घको अभिसन्धि र अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय विवादको समाधानमा नेपाल विश्वास गर्दछ भनिएको छ। रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us