Tuesday, 5 January 2016

आउँदो वर्षदेखि भाषा परीक्षा पास गरेका ९५ प्रतिशत कोरिया जान पाउने

काठमाडौं, पुस २१ – आउँदो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेका ९५ प्रतिशत भन्दा बढी रोजगारीका लागि दक्षिण कोरिया जान पाउने भएका छन् । इपिएस कोरिया शाखाले आउँदो वर्षदेखि भाषा परीक्षा पास गरेका तर रोजगारीका लागि कोरिया जान नपाएकाको संख्या ५ प्रतिशतमा झार्ने तयारी भइरहेको जनाएको छ । रोजगारीका लागि कोरियामा कोटा बढाउन लगातार लबिङ गरिरहेको र कोरिया सरकार पनि सकारात्मक देखिएकाले आउँदो वर्षदेखि भाषा परीक्षा पास भएका ९५ प्रतिशत भन्दा बढी कोरिया जान पाउने शाखाका प्रमुख डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोटा बढाउन कोरिया सरकार सकारात्मक देखिएको र भाषा परीक्षामा पनि कडाई गरिएकाले पास भएका ९५ प्रतिशत कोरिया जान पाउने छन् । यस्तै कोरिया शाखाले कृषि र उत्पादनमुलक क्षेत्र बाहेकमा पनि नेपाली कामदारलाई अवसर दिन माग गरेको छ । शाखाले निर्माण तथा पूर्वाधार क्षेत्रमा पनि नेपाली युवा दक्ष रहेकाले अवसर दिन कोरियासँग औपचारिक आग्रह गरेको हो । कोरियाले अहिले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमका लागि मात्रै नेपाली कामदार लैजाने गरेको छ । यसैबिच नेपालले सन् २०१३ मा चौथो भाषा परीक्षा पास गरेकालाई यहि महिना वा अर्को महिनाको कोटामा पार्न पनि कोरियासँग आग्रह गरेको छ । २०१३ मा भाषा परीक्षा पास गरेर रोजगारीका लागि कोरिया जान पर्खिरहेकाको म्याद सकिन लागेकाले उनीहरुलाई उच्च प्राथमिकतामा राखेर कोटा पठाउन नेपालले आग्रह गरेको हो । चौथो भाषा परीक्षा पास गरेका झण्डै एक हजार जना कोरिया जान प्रतिक्षारत छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us