Thursday, 7 January 2016

११ बुँदे मागको सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने मधेसी मोर्चाको उद्घोष

तराई–मधेसमा आन्दोलनरत् मधेसी मोर्चाले अहिलेसम्मका आफ्ना आन्दोलनहरुको समीक्षा गरेको छ ।

मोर्चाको विहीबार राजधानीमा बसेको बैठकमा आन्दोलहरुको समीक्षा गर्दै आगामी आन्दोलनको कार्यक्रमबारे पनि छलफल भएको जनाइएको छ ।

बैठकपछि मोर्चाका नेताहरुले आफ्ना ११ बुँदे मागको सम्बोधन नभएसम्म आफूहरु आन्दोलनका कार्यक्रमहरु नरोक्ने पक्षमा मोर्चा रहेको बताए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने/नगर्ने तथा आमहड्ताललाई निरन्तरता दिने/नदिने विषयमा विवाद् भएको छ।
 विवाद्का कारण बिहीबार अपरान्ह तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाकोसाँढे चार घण्टा लामो बैठक बिना निर्णय टुङ्गिएको छ।

बैठकमा आमहड्तालको निरन्तरता र आन्दोलनका नयाँ कार्यक्रमको विषयमा घटक दलका नेताहरुले फरक फरक विचार राखेका छन्। कतिपयले आफूले राखेका माग पूरा भइनसकेको अवस्थामा आमहड्ताललाई निरन्तरता दिएर थप दवाब सिर्जना गर्नुपर्ने बताएका छन् भने कतिपयले आन्दोलनका कारण मधेशका जनताको जनजीवन कष्टकर भएको र प्रमुख दलसँगको वार्ता पनि सकारात्मक रुपमा अगाडि बढेको अवस्थामा आमहड्ताल फिर्ता गर्नुपर्ने धारणा राखेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us