Sunday, 10 January 2016

मलेसियाबाट श्रीमानले पठाएको ३ लाख पाएपछि, ५ वर्षे छोरालाई छाडेर श्रीमती टाप

५ वर्षको छोरा र परदेशीएका श्रीमान्लाई छोडेर अर्कैसँग विबाह गरेकी छिन् सुर्खेतकी एक महिलाले। श्रीमान् मलेसीयाबाट पठाएको ३ लाख रुपैयाँ लिएर छोरालाई सुतीरहेको स्थानमा नै छोडेर अर्कैसँग फरार भएकी छिन् ।
सुर्खेत भेरीगंगा नगरपालिकाकी नन्दा बस्यालले मलेसीयामा कार्यरत श्रीमान् तिलक बहादुर सार्कीलाई धोका दिई सोही जिल्लाका रामघाटका राजु रम्तेलसँग भागेको तिलकका दाजु चन्द्रवीर सार्कीले बताए ।

नन्दाले सहकारीबाट ऋण लिएको साडे ३ लाखको पनि दुरुपयोग गरेको बताए । उक्त घटनामा नन्दा दोषी रहेको भन्दै तिलकका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us