
ज्ञापन पत्रमा महतोले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता रद्ध गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ। २०६८ सालमा पनि महतोको नागरिकताबारे विवाद भएको थियो। त्यसबेल महतो स्वाथ्यमन्त्री हुनुहुन्थ्यो अख्तियारले महतोको नामगरिकताबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्र समेत काटेको थियो।
तर, ०६२ चैत १२ गते भएको मलंगवा आक्रमणका क्रममा आगो लागेर सबै कागजपत्र नष्ट भएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई पत्र लेखेको थियो। महतोलाई कारवाहीको माग गरी गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मधेसका युवाहरु
विज्ञप्तिमा महतोको सम्पत्ति जफत गरी कानुनी कारवाही गर्न माग गरिएको छ । जनकपुरका युवा सञ्जीव सु्रज झाद्धारा हस्ताक्षरित विज्ञप्तिमा तत्कालिन समयमा महतोको नागरिकता छानविन हुँदा प्रमाण नष्ट गर्ने, छानविनमा बहाना बनाएर अटेरी गर्ने स्थानीय प्रशासन र अख्तियारका अधिकारीलाई पनि कारवाही गर्न माग गरिएको छ । झा युवा संघ नेपालका मधेस ब्यूरो प्रमुख हुन् । मधेस आन्दोलन चलिरहेको तथा महतोको बारेमा अनेक टिकाटिप्पणी भइरहेको बेला युवा संघले उनको नागरिकतामाथि छानबिनको माग गर्दै गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।