
संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने नेता थापाले बताए।
कार्यकर्ता भेटघाटकालागि बुधबार महोत्तरीको बर्दिवास आएका नेता थापाले केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी पनि गरे।
मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको युवा नेता थापाले बताए।
त्यस्तै, सोही कार्यक्रममा सहभागी काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको सरकार खिचडी सरकार भनि प्रतिक्रिया दिए। रासस