
स्थानीय सरकारी अधिकारीका अनुसार आक्रमणकारी वाणिज्य दूतावास भित्र छिर्ने कोसिस गरेका थिए । गएराति भएको आक्रमणमा गोलीका आवाज पनि सुनिएको उनीहरुले बताएका छन् ।
घटनामा भएको क्षतिको विवरण भने आउन बाँकी छ । भारतीय दूतावासका एक अधिकारीले आफूहरुमाथि आक्रमण भएको, लडार्इं जारी रहेपनि सबै सुरक्षित रहेको बताएका छन् ।
वाणिज्य दूतावास परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको र त्यहाँ कार्यरत सबैलाई भवन भित्र सुरक्षित ठाउँमा राखिएको विविसीले जनाएको छ । यो आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।
आक्रमण भएको क्षेत्रलाई सुरक्षाफौजले घेराबन्दी गरेका छन् । यसअघि गएको शनिबार भारतको पन्जावस्थित पठानकोटमा रहेको एयरबसमा आक्रमण भएको थियो ।
आक्रमणमा एयरफोर्सका ६ जना सैनिकको ज्यान गएको र २० जना सुरक्षाकर्मी घाइते भएको भारतका गृह सचिव राजिव महर्षिले बताउनु भएको भारतीयसञ्चार माध्यमले जनाएका छन् ।