Wednesday, 6 January 2016

राजेन्द्र महतो अस्पतालबाट डिस्चार्ज, तंग्रिन अझै केही साता लाग्ने, हप्तादिन पछि नेपाल फर्कने

अस्पतालमा भर्ना भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा सुधार आएपछि अस्पतालले बुधवार साँझ ५ बजे उनलाई डिस्चार्ज गरेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए। महतो बुधबार दिल्लीस्थित मेदान्त सिटी अस्पतालबाट डिस्चार्ज भएका हुन् । मधुमेध र उच्च रक्तचापका बिरामी महतो कार्यकर्तासहित विराटनगरस्थित रानी भन्सार नाका अवरुद्ध गर्न गएका बेला प्रहरीसँगको झडपमा घाइते भएका थिए ।

स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकले महतोलाई डिस्चार्ज गरेको सदभावना महासचिव मनिष सुमनले जानकारी दिए । यद्यपि फलोअप चेकअपका लागि एक सातापछि बोलाएकाले महतो त्यतिञ्जेल दिल्लीमै रहने उनले बताए ।

अत्याधिक शारीरिक कमजोरी रहेकाले पोषणयुक्त खानेकुरा खान चिकित्सकले महतोलाई सुझाएका छन् । चिकित्सकले महतोलाई तंग्रिन अझै केही साता लाग्ने बताका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us