बंगलादेशमा जारी आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् ।
बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे ।
जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिए भने यू-१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बने ।
३१ दशमलव ४ ओभरमा उनले टकरलाई १५ रनमा दिपेन्द्र ऐरीद्वारा क्याचआउट गराए । त्यसपछिको बलमा डेनिसन ब्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए ।
३२ औं ओभरको अन्तिम बलमा बैरी टकर बोल्ड आउट भएपछि सन्दिपले अविस्मरणीय ह्याट्रिक पूरा गरे ।
आजको खेलमा पूरै १० ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चेर आयरल्याण्डको ५ विकेट लिए ।