Saturday, 9 January 2016

२ वर्षमा एमाओवादी १ नम्बरको पार्टी बन्ने प्रचण्डको दाबी

एमाओवादी अध्यक्ष प्रचण्डले अबको दशक समाजवादी क्रान्तिको दशक हुने बताएका छन् ।

समाजवादी क्रान्तिको तयारीमा जुट्न निर्देशन दिँदै प्रचण्डले १० वर्षमा समाजवादी क्रान्ति पुरा हुने दावी गरे ।

दाङमा आयोजित पाँच नम्बर प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त प्रदेशका पार्टीका पोलिट्व्यूरो सदस्य, केन्द्रीय सदस्य र १२ जिल्लाका जिल्ला समिति सदस्य लगायत नेता तथा कार्यकर्ताहरुलाई पाटीृका् योजना अनुरुप अगाडि बढ्न निर्देशन दिए ।

‘संविधानका राम्रा कुराहरु कार्यान्वयन गरौं, नपुगेकालाई पुरा गरौं, पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरौं, समाजवादी क्रान्तिको तयारी गरौं । यही आधारमा पार्टी पुनर्निर्माण हुन्छ, क्रान्तिकारी ध्रुविकरणको प्रक्रिया पनि अगाडि बढ्छ ।’

आउँदो २ वर्षमा पार्टी देशकै १ नं।को पार्टी बन्ने छ र नयाँ युगको क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीको नेतृत्वमा आउँदो १० वर्षमा समाजवादी क्रान्ति पुरा हुने उनले बताए ।

बाबुराम भट्टराईलगायतले माक्र्सवादको औचित्यमा नै प्रश्न उठाएकोमा आपत्ती व्यक्त गर्दै प्रचण्डले बुर्जवा र कम्युनिष्ट पार्टीबाट भागेकाहरुले मात्रै माक्र्सवादको आलोचना गर्ने बताए । “भगौडाहरुले हजार पटक माक्र्सवाद पुरानो भयो भन्दैमा पुरानो हुने होइन । बरु जनता, वर्ग र राष्ट्रप्रति गद्दारी गर्ने र दुश्मनप्रति आत्मासमर्पण गर्नेहरुले मात्र माक्र्सवाद पुरानो भयो भन्दै जनता, वर्ग र देशलाई घात गरेर विरोध गर्दछ ।” उनले भने ।

बाबुरामजीले पार्टी, माक्र्सवाद, सहिद, बेपत्ता योद्धा, घाइते योद्धा, जनता, वर्गलाई त्याग गरेको प्रचण्डलेले बताए ।

कार्यक्रममा प्रचण्डले संविधान सभाबाट संविधान निर्माण गर्नु हाम्रो पार्टीको निम्ति जीवनमरणको प्रश्न भएको बताए । “ प्रतिक्रियावादीहरु जनयुद्धलाई आपराधिक घटनाको रुपमा स्थापित गर्न चाहान्थे र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई ध्वस्त पार्न चाहान्थे ।द उनले भने, “संविधान निर्माण गर्नु जरुरी थियो ।” भूकम्प गएपछि राष्ट्रिय संकटलाई सामना गर्न प्रमुख प्रतिपक्षको जोडबल र पहलमा संसदको बैठक बोलाएर राष्ट्रिय एकता कायम गरिनु यो संसदवादमाथिको ठूलो विजय भएको प्रचण्डको जिकिर थियो ।

संविधानको घोषणा पछि बसेको केन्द्रीय समितिमा प्रस्तुत एवम् पारित राजनैतिक दस्तावेजले पार्टी पुनर्निर्माणलाई प्राथमिक कामको रुपमा अगाडि सारेको उनको दावी थियो । “आउँदो २ वर्षमा पार्टीको संरचना, सडक, सदन, सरकार भित्रको संघर्षलाई नयाँ शिराबाट उठाउने र समाजवादी क्रान्तिको तयारी नयाँ ठाउँमा उठाउने निर्णयसहितको बैठक थियो ।” उनले भने ।

बैठकमा पार्टीका उपाध्यक्ष क। नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव कृष्णबहादुर महराको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर पनि रहनुभएको थियो । बैठकको अध्यक्षता प्रदेश इन्चार्ज तथा पार्टी स्थायी समिति सदस्य चक्रपाणि खनाल ‘बलदेव’ले गर्नुभएको थियो भने बैठकको सञ्चालन जगप्रसाद शर्मा ‘अपार’को रहेको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us