Tuesday, 5 January 2016

वीरगञ्जमा रोकिएका ८५ बुलेट ग्यास नेपाल ल्याउन भारतले दियो अनुमति

काठमाण्डु, २२ पुस– वीरगञ्ज नाकामा लामो समयदेखि रोकिएर राखिएका ग्यास बुलेटलाई रि–रुट गरेर नेपाल ल्याउन भारतले अनुमति दिएको छ । नेपाल आयल निगमले लामो समयदेखि थालेको प्रयासलाई भारतले सकारातमक रुपमा लिँदै सो अनुमति दिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले काठमाण्डु टुडेलाई जानकारी दिए । रक्सौलमा रोकिएका दुई सय ५० मध्ये ८५ बुलेटलाई सुनौली नाका हुँदै नेपाल भित्राउने अनुमति पाएसँगै आजैबाट सो प्रक्रिया सुरु हुने घिमिरेले बताए । उनका अनुसार ती ग्यासका बुलेट एक हप्ताभित्रै नेपाल आइपुग्ने छ । हाल काठमाण्डुको संकट टार्न करिब ४० बुलेट ग्यास आवश्यक छ । ८५ बुलेट ग्यास नेपाल भित्रिएमा नेपालको तत्कालिन संकट समाधान हुने छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us