Friday, 22 January 2016

गिरिजाको निधनपछि सबै जिम्मेवारी मेरो काँधमा : शेरबहादुर देउवा


नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अब पार्टीभित्रको किचलो र गुटबन्दी आफूले अन्त्य गर्ने बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला र आफूले पार्टी एकीकरण गरेको स्मरण गर्दै कोइरालाको निधनपछि सबै जिम्मेवारी आफ्नो काँधमा आएको जिकिर गरे ।

शुक्रबारै नवलपरासीको सुनवलमा निर्माण भएको नगरसमिति कार्यालय उद्घाटन गर्दै देउवाले कांग्रेसलाई एकताबद्ध गराउँदै गुट–उपगुटको राजनीतिको अन्त्य गर्न आफूले मात्रै सक्ने दाबी गरे ।

मधेसीहरुको आन्दोलनले अहिले देश अन्त्यन्तै नाजुक अवस्थामा गुज्रिरहेको देउवाको भनाइ थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us