
उनले जनतासँग संविधान बनेपछि सबै ठीक हुन्छ भन्दै राजनीति गरेको भन्दै भने, ‘अब जनताले अनुभूति गर्ने परिवर्तनको महसुस गराउनु छ ।’ यसकालागि आफुले उम्मेदवारीको घोषणा गरेको जनाएका छन् । कांग्रेस पार्टीको भूमिका र आगामी कार्यभार पूरा गर्न युवा नेतृत्व आवश्यक रहेको भन्दै उनले पुराना नेताहरुले अभिभावकको भूमिका खेल्नुपर्ने बताए । पुराना नेताको सम्मानका लागि कार्यकारी पद दिन नसकिने उनको भनाइ थियो ।
महाधिवेशनले तय गर्ने कार्यनीतिका आधारमा मात्र अब कांग्रेस चल्न नसक्ने भन्दै नेता थापाले पार्टी सञ्चालन तथा व्यवस्थापनको नयाँ सोचसहित ठोस योजना आवश्यक रहेको उल्लेख गरे । नेताहरुले गुटको बैठक घरमा बोलाएर एजेण्डामा निर्णय गर्न लगाउने र युवा पुस्ताका नेताहरुले तालि बजाउने परिपाटी रहेको उल्लेख गर्दै यसको अन्त्य गरेर अब निर्णयको साक्षी बस्ने होइन, जसअपजस बोक्न यूवाहरु अगाडि सर्नुपर्ने बताएका छन् ।
नेपालमा क्रियाशिल राजनीतिक पार्टीको सदस्यता वितरण प्रणालीदेखि नै त्रुटि हुने भएकाले युवा नेतृत्व पछि परेको उनको बुझाई छ । कुनैबेला राज्य व्यवस्थाविरुद्ध लड्न स्थापना भएका पार्टीहरु राज्यको मुलधारमा पुग्दा नेता अनुकुलका सदस्यता वितरणले कांग्रेसमा पनि यसपटक ८० प्रतिशत प्रतिनिधि दोहोरिने अवस्था रहेको उनले बताए ।