
पछिल्लो एक वर्षमा भारतमा बेचिएका ३० महिलालाई स्वदेश फर्काइएको छ । स्वदेश फर्काइएका अधिकांश भारतीय सहर मुम्बईको कोठीमा बेचिएका थिए ।
माइती नेपाललगायत अन्य केही संस्थाको सक्रियतामा उनीहरूलाई स्वदेश फर्काउन सम्भव भएको हो । ‘भारतीय प्रहरी र बेचबिखनविरुद्धका संस्थाको सहयोगमा ३० जना महिलालाई पछिल्लो एकवर्षे अवधिमा उद्धार गरेर स्वदेश ल्याइएको छ,’ संस्थाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपाल पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले भने, ‘निकै ठूलो जोखिम मोलेर उनीहरूलाई स्वदेश फर्काउन सफल भयौँ ।’
Rape victim
पारिवारिक सल्लाहविना घर छाडेर हिँडेका अधिकांश महिला बेचिएको अवस्थामा फेला परेका थिए । परिवारले हराएको भन्दै खोजीका लागि आग्रह गरेका कतिपय महिला बेचिएको अवस्थामा फेला परेको संयोजक घिमिरेले बताए । घरपरिवारबाट अचानक सम्पर्कविहीन भएकामध्ये मुस्किलले २५ प्रतिशत महिला मात्रै भेटिने गरेका छन् ।
माइती नेपालको काँकडभिट्टा कार्यालयको सन् २०१५ को तथ्यांकअनुसार एक सय १५ महिला बेपत्ताको सूचीमा छन् । हराएका एक सय ४८ जनामध्ये ३३ जनालाई मात्रै फेला पारेर परिवारको जिम्मा लगाइएको संयोजक घिमिरेले जानकारी दिए । बाँकी सबै बेचिएको आंशका माइती नेपालको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।