Tuesday, 19 January 2016

भावी योजना बनाउन बिहीबार थाइल्याण्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, ६ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ सात गते थाइल्यान्डको भ्रमणमा जाने भएका छन् । राजावादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ । निजी सचिव सागर तिमल्सिनाका साथ उनी थाइल्यान्ड जान लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे नियालीरहेका ज्ञानेन्द्रले थाइल्यान्डमै बसेर भावी योजना बनाउने तयारी गरेका छन् । ज्ञानेन्द्रको थाइल्यान्ड भ्रमण एक महिनाको हुनेछ । थाइल्यान्डमा रहँदा उनले भार र चीनका अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us