
गत शनिबारदेखि चीन भ्रमणमा रहेका वन तथा संरक्षणमन्त्री अग्नि सापकोटासँग चीनले गैंडाका लागि प्रस्ताव राखेको मन्त्री सापकोटाले जानकारी दिएका छन् ।
चीन भ्रमणबारे जानकारी दिन आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सापकोटाले भने, ‘चीनका अधिकारीहरुले नेपालसँग ४ वटा एक सिंगे गैंडा मागेका छन् । चीनमा एक सिंगे गैंडा लोप भएका कारण नेपालबाट लगेर उनीहरु नेपालकै स्वामित्वमा रहने गरी यसको संरक्षण गर्न चाहन्छन् । मैले यस विषयमा उनीहरुलाई प्रधानमन्त्रीसँग सल्लाह गर्ने आश्वासन दिएको छु ।’
पत्रकार सम्मेलनमा सापकोटाले चीनसँग सधै माग्नेमात्र नभएर उसले मागेका केही कुरामा सोच्न पनि सकिने बताए ।
पत्रकारले गैंडा पछि फिर्ता गर्छ या गर्दैन भन्ने प्रश्नमा भने उनले कुनै जवाफ दिएनन् ।
पछिल्लो समय विश्वकै दुर्लभ मानिने एक सिंगे गैंडा चीनमा पूर्ण रुपमा लोप भएको छ । kathmandutoday