
प्रहरी व्यस्त भएर होटल अनुगमनमा कमी भएपछि इटहरीकै बसपार्कमा सञ्चालित न्यु बसपार्क होटलका सञ्चालक महिलाहरू राखेर यौन व्यवसाय सञ्चालन गरेको अारोपमा पक्राउ परेका छन्।
होटलमा काम गर्न राखेका महिलाई जर्वरजस्ती यौन व्यवसायमा संलग्न गराएको अारोप छ। प्रहरीले होटलमा छापा मारेर याैनजन्य क्रियाकलापमा संलग्नहरूलाई पक्राउ गरेको छ। होटल सञ्चालकले पैसा लिएर महिलालाई यौन कार्यमा संलग्न गराएको खुलेपछि मानव वेचविखन तथा ओसारपसार मुद्दा चलाएको छ।
मंसिर पहिलो साता इटहरीबाटै यौनधन्दामा संलग्न भएको आरोपमा प्रहरीले पाँच युवती र तीन भारतीय युवालाई कुमारी गेष्ट हाउँसबाट पक्राउ गरेको थियो।
इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारबिरुद्ध प्रहरीले दुई बर्षअघि एकैपटक सात जना सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएर झन्डै एक बर्षपछि उनीहरू छुटेका थिए।
इटहरीमा होटल, लज र क्याविन–रेष्टुरेन्ट बढेसँगै केहीले महिलाहरू राखेर यौनधन्दा सञ्चालन गरेकोमा प्रहरीले सात जनालाई एकैपटक मानव वेचविखन तथा ओसारपसारमा मुद्धा चलाएपछि नियन्त्रणमा अाएको थियो। तर, पछिल्लो समय केहीले प्रहरीको आँखा छलेर पुनः याैन व्यवसाय गरेका भेटिएको इटहरीका डिएसपी ओम अधिकारीले बताए ! नगरिक दैनिकमा खबर छ