Thursday, 14 January 2016

पाल्पामा महिलाले एकैपटक जन्माइन् चार सन्तान, आमा र चारै शिशु स्वस्थ

गुल्मी जिल्लामा एक महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छिन् ।

यसरी चारजना चुम्ल्याहा सन्तान जन्माउनेमा गुल्मी जैसिथोक गाविस–२ अन्तर्गत रातोपोखरा निवासी २६ वर्षीया गीता कुँवर रहेकी छिन् ।

उनले आज बिहान पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रियामार्फत उक्त बच्चा जन्माएकी हुन् । जन्मेका चारजना बच्चामध्ये दुई छोरा र दुई छोरी रहेका छन् । जसमध्ये एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको बताइएको छ ।

जन्मेका चारैजना बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको लुम्बिनी मेडिकल कलेजका डा विनिता थापाले जानकारी दिनुभयो । उक्त चारैजना बच्चालाई डा थापा, डा श्रीयसी अर्याल, डा दीपक श्रेष्ठलगायतको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका हुन् ।

तम्घासस्थित रेसुङ्गा अस्पतालबाट रिफर भएपछि गत दुई महिनादेखि कुवँर प्रसूतिका लागि पाल्पामै अस्पतालमा बसिरहेकी थिइन् । कुवँरले गत दुई वर्षअघि पनि जुम्ल्याहा सन्तान

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us