पूर्वराजा ज्ञानेन्द्र शाहले साढे १० वर्षको विद्युत महशुल बुझाउन अटेरी गरेका छन्। नेपाल विद्युत प्राधिकरणले पटक-पटक ताकेता गर्दा पनि पूर्वराजा ज्ञानेन्द्रले विद्युत महशुल नबुझाएको पाइएको हो ।
प्राधिकरणका आन्तरिक लेखा परीक्षण विभागका सहायक निर्देशक मुकुन्दमान चित्रकारले बक्यौता महशुलका लागि नागार्जुन बंगलामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले प्राधिकरणको पत्र नै बुझ्न अस्वीकार गरेका छन्।
(भिडियो हेर्नुहोस)-Watch Video
बंगलामा रहेका कर्मचारीले पत्र बुझ्न अस्वीकार गरेपछि आफू पूर्वराजा बस्दै आएको निर्मल निवास पुगेकामा पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिनाले नागार्जुन बंगलाको महशुल निर्मल निवासले नभइ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तिर्ने जवाफ दिएर फर्काएको सहायक निर्देशक चित्रकारले बताए।
पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन बंगलाको विद्युत महशुल १ सय २७ महिना अर्थात १० वर्ष ७ महिनादेखि तिर्नुभएको छैन ।पूर्वराजाले यो वर्षको साउन १२ गतेसम्म तिर्नुपर्ने विद्युत महशुलको बक्यौता ६६ लाख ८१ हजार ७ सय ३४ रुपैयाँ छ। । बक्यौतामा २५ प्रतिशत जरिवाना लाग्ने भएकाले त्यो रकम बढेर करिब ७० लाख रुपैयाँ पुगेको छ । प्राधिकरणको विद्युत वितरण नियमावलीमा निरन्तर दुई महिना महशुल नबुझाय लाइन काटिदिने तथा लाइन काटेको ६ महिना वित्दा पनि बक्यौता नबुझाए मालपोत कार्यालयलाई पत्राचार गरेर घरजग्गा विक्रि रोक्का गर्ने व्यवस्था छ । यस्तै बक्यौता नबुझाउनेको तीन पुस्तेलाई नयाँ लाइन नदिने नियमावलीमा उल्लेख छ ।