
नेपालका चर्चित गुगल ब्वाई आदित्य दाहालले अर्काे भविष्यवाणी गरेका छन् ।
नेपालमा हुने घटनाक्रमका बारेमा विश्लेषण गर्दै आएका आदित्यले आइतबार एक सन्देशमार्फत राजनीतिको फोहरी खेलका कारण नेपाल र नेपालीले अर्को देशसँग आफ्नो आत्मसम्मान बेच्न बाध्य हुनुपरेको उल्लेख गरेका छन् ।
‘अब मुलुकलाई नयाँ पीढिको खाँचो छ उनीहरुले मात्र अब गुमेको आत्मसम्मान फिर्ता ल्याउन सक्छन् । यो मेरो भविष्यवाणी हो ।’ उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।
पछिल्लो समय देशको राजनीतिक अवस्था र त्यसले पारेको प्रभाव, देशले भोगेको संकटलाई उनले आफ्नो सन्देशबाट प्रष्ट्याउन खोजेका छन् । अब नयाँ ढङ्गले, नयाँ नेतृत्व र नयाँ सोचले मात्र समाधान गर्न सक्ने आदित्यको दाबी छ ।
यसअघि उनले उपचारका लागि अमेरिका जानुअघि देशमा संकट आउने भविष्यवाणी गरेका थिए । जून अहिलेको मधेस आन्दोलन र भारतीय नाकाबन्दीसँग मेल खाएको छ । उनका अधिकांश भनाई नेपाली परिस्थितीसँग मिल्दैआएका छन् ।
